Connect IPS
IME Life

वालेनलाई पछ्याउदै रवि लामिछाने, विजय र्याली नगरी धन्यवाद सभा गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले विजय र्याली नगर्ने घोषणा गरेका छन् । उनले चितवनका तीन स्थानमा धन्यवाद सभा गर्ने जनाएका छन् । लामिछानले आज तीन बजे भरतपुर १० स्थित गेस्ट आउस चौरमा, भोलि ११ बजे इच्छा कामना गाउँपालिका कार्यालय गाडीको फुटबल ग्राउण्डमा र भोलि तीन बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा धन्यवाद सभा गर्न थालेका हुन् ।

लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको शैलीलाई पछ्याउदै विजय र्याली नगर्ने घोषणा गरेका हुन् । धन्यवाद सभामा उपस्थित हुने मतदाताहरुलाई लामिछानेले फुल माला अविर खादा केहि पनि नल्याउन अनुरोध गरेका छन् । उनले फुल माला खातामा खर्च गर्दा ठुलो रकममा विदेशिने भन्दै फुलको थुङ्गा लिएर आउन भनेका छन् ।

Prabhu
Crest

उनले धन्यवाद सभामा दुई वटा बाकस राख्ने छन् । एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ । त्यसमा समस्या लेखेर खसाउनु उनले अनुरोध गरेका छन् । अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ । त्यसमा, भ्रस्टाचारीका सुचना, लामिछानेले गर्नु पर्ने काम र खबरदारी लेखेर खसाउन समेत आग्रह गरेका छन् । उनको सामाजिक सञ्जालको पोष्टलाई हेर्दा भारतीय चलचित्र नायकलाई झ-झल्को गराउछ ।

उनले भनेका छन् ‘राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ ।’

उनले आफुलाई जनता जिताउने जाँच दिन जान लागेको बताएका छन् । त्यसैले गर्दा अहिले नै विजय र्याली गर्न नचाहेको उनले प्रष्ट पारेका छन् । उनले आफु छिटो भन्दा छिटो काममा लाग्न चाहेको उल्लेख गरेका छन् । भोट माग्न,  र्याली गर्न जान नभ्याएको ठाउँमा उनले काम गर्ने जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS