काठमाडौं । कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको हो ।