काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आर. वि. हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले कर प्रयोजन सहित ४ करोड ४२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न थालेको हो ।
प्रस्तावित लाभांश १३ औ वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । कम्पनीले २०७९ मंसिर २८ गते पोखराको आभ्या क्लब घारीपाटन १७ मा सभा आयोजना गर्दैछ । साभारणसभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज हुनेछ । मंसिर १५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।