काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार २५४ कित्ता संस्थापक शेयर खरीदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र मंसिर १४ गते खोल्ने भएको छ । कम्पनीले कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म प्राप्त बोलपत्र खोलिने जनाएको हो ।
दिउँसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा बोलपत्र खोल्ने कार्यक्रम तय भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीदका लागि आवेदन दिन पाउने गरी उक्त शेयर विक्री गरेको थियो ।
प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि तोकिएको मूल्य वा सबैभन्दा बढी मूल्य अंकित गर्ने आवेदकले प्राप्त गर्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेको शेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याउने जनाएको छ ।