Connect IPS
IME Life

राधी विद्युतको लिलामी शेयरमा आवेदन दिने समय थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राधी विद्युत कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने समय थप भएको छ । चुनावको लागि सार्वजनिक विदा परेकोले आवेदन दिने म्याद १ दिन थप गरिएको क्यापिटलले जनाएको छ । अब यस लिलामीको शेयरमा भोलि मंसिर ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले कार्तिक २९ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बिक्रिको लागि खुला गरेको हो । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा ल्याएको हो ।

Prabhu
Crest

आवेदन दिँदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम १ सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।

शेयर लिलामको मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी भक्तपुर, कुमारीपाटी(ललितपुर, इटहरी, विराटनगर, इलाम, विर्तामोड, वीरगंज, जनकपुर, नारायणगढ, हेटौडा, पृथ्विचोक(पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगंज, तुल्सीपुर(दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS