IME Life
GBIME

लाभांश पारित गर्न सानिमा बैंकले बोलायो १८औं वार्षिक साधारण सभा, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा पुष ३ गते गर्ने भएको छ । बैंकले उक्त सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

Crest

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै , सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुन फेरवदल तथा सैशोधन गर्नुपर्ने प्रस्ताव आएमा सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५ अर्ब पुर्याउने, तथा आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पािरत गर्ने जनाएको छ ।

त्यस्तै, सभाले सर्वसाधारण समुह ख बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । कुनै बै)क तथा वित्तीय संस्थामा प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति गर्ने लगायत वित्तीय संस्थाहरु प्राप्ती गराउने सम्बन्धमा बैंकको नियम कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण अख्तियार संचालक समितिलाई दिने ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS