Connect IPS
IME Life

बैंकिङ तरलता बढ्न थाल्यो, चुनावले पैसा बाहिरिए सँगै सिडी रेसियो ८६.८५ प्रतिशतमा झर्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चुनावको पैसा बैंकिङ प्रणालीमा आउन थाले सँगै तरलता सहज हुन थालेको छ । नेताहरुले प्रणाली बाहिरको रकम चुनावमा खर्च गर्न थाले सँगै एकै दिन बैंकिङ प्रणालीमा १३ अर्ब रुपैयाँसम्म आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रणालीमा निक्षेप आउने क्रम सँगै सिडी रेसियो ८६.८५ प्रतिशतमा झरेको छ । चुनावको कारणले कर्जाको माग छैन । कर्जा प्रवाह नभइ निक्षेप मात्रै थुप्रिदा अहिलेलाई तरलता सहज देखिएको हो । कार्तिक मसान्तसम्ममा बाणिज्य बैंकहरुले १३ अर्बले निक्षेप बढाएर ४५ खर्ब ६१ अर्ब पुर्याउदा अन्य बैंक वित्तीय संस्थाले तीन अर्ब रुपैयाँ निक्षेप भित्र्याएका छन् ।

Prabhu
Crest

तर कर्जा प्रवाह एक अर्ब हाराहारी मात्रै देखिन्छ । चुनाव पछि तरलता सहज भएमा मात्रै कर्जा प्रवाह गर्ने योजनामा बैंकहरु छन् । अझै केहि समय तरलता सहज नहुने आकलन सँगै बैंकहरुले राम्रो र सुरक्षित क्षेत्रमा मात्रै कर्जा दिदै आएका छन् । अर्को तर्फ घरजग्गा र शेयर बजारमा मन्दी आएकाले समग्र अर्थतन्त्र नै सुस्ताएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय अवस्था अनुसार नेपालको शोधानान्तर स्थिति, विदेशी मुद्राको सञ्चिती लगायतका सूचकमा सुधार आएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS