काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूजीको ५० प्रतिशत अर्थात १०ः५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको हो ।
कम्पनीले कार्तिक २२ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।