Connect IPS
IME Life

प्रभु बैंकको लाभांश घोषणा, कति दियो बोनस शेयर र नगद ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर एक गते बसेको सञ्चालक समितिको बैठकले ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १.५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मान ‘एनएफआरएस’ बमोजिम तयार गरिएको वित्तीय विवरणमा नियमनकारी समायोजन पश्चात हुने वितरण योग्य मुनाफा एक अर्ब तीन करोडबाट लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाशिक अवधिमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा भने २ अर्ब ६० करोड रुपैयाँ मुनाफा देखाएको थियो ।

Prabhu
Crest

बैंकको हालको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ छ । यसै पूँजीको ६.५ प्रतिशत अर्थात ८२ करोड ६० लाख रुपैयाँ बोनस शेयर र १.५० प्रतिशत अर्थात १९ करोड ६ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ ।

साधारणभाले पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्षमा १२ प्रतिशत लाभांश दिएको थियो । अहिले घोषणा गरेको लाभांश विगका वर्षहरुको भन्दा कम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

3%

खुसी

52%

दु :खी

5%

अचम्मित

2%

उत्साहित

39%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS