Connect IPS
IME Life

डीएभी विद्यालय परिवार सहभागी बन्यो बृहत अन्नदानमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हरेक दुई वर्षमा आयोजना हुने सुपर बावल फुड डोनेसनमा सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीको विगत वर्षहरुमा जस्तै उल्लेखनिय सहभागीता देखिएको छ । डी.ए.भी. विद्यालयमा यहि कार्तिक २८,२९ र ३० गते सुपर बावल फुड डोनेशन आयोजना गरिएको हो ।

बिगतका वर्षहरुमा जस्तै मदर टेरेसा सोेसल सर्भिस कल्बले विद्यार्थीहरुमा मानवियताको भावना जागृत होस र समाजमा रहेका विभिन्न असहाय र अपाङ्ग व्यक्तिहरु समेत खुशी, स्वस्थ र सुरक्षित बनाउने मानविय जिम्मेवारी सबैले लिनुपर्ने मान्यता राख्दै आएको छ ।
यस वर्ष अर्थात शैक्षिक शत्र २०२२÷२३ को लागि विद्यालयको नारा ‘प्रत्येक बालबालिका खुशी, स्वस्थ र सुरक्षित रहने नैसर्गिक अधिकार’ रहेको छ ।

Prabhu
Crest

अन्नदानमा सहभागीहरुले बिभिन्न प्रकारका खाद्यान्नहरु जस्तै चिउरा, दाल, गेडागुडी, पिठो, मैदा, सुजी, तेल, चिनि, बिस्कुट, कुकिज, चाउचाउ, भुजिया, दालमोठ, चियापत्ति, मसला र सुकाइएका फलफुलहरु दान गरेका थिए ।

फुड डोनेसनमा संकलित खाद्यान्नहरुलाई सोहि दिन बेलुका, मेरी वार्ड स्कुल झम्सिखेल ललितपुर र मेरी वार्ड स्कुल लुभु ललितपुरलाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरि दोस्रो दिनमा संकलित सम्पूृर्ण खाद्यान्न हो¥याक नेपाल किर्तिपुर काठमाण्डौं, मञ्जुश्री वृद्धाश्रम,डोलाहीटि ललितपुर र आश्रय नेपाल बागडोल, ललितपुर नेपालका संचालकहरुलाई हस्तान्तरण गरिएको थियो ।

सोहि अनुरुप तेस्रो दिन संकलित खाद्य सामाग्रीहरु मुदीता सेवागृह महालक्ष्मिस्थान ललितपुर, दी अर्फन होम्स् टिखीदेवल ललितपुर र आमाघर रवीभवन काठमाडौंलाई हस्तान्तरण गरिएको थियो ।

यसैबिच, आश्रयस्थलमा जीबनयापन गर्दै आउनुभएका आमाहरु लगायत संचालकहरु समेत विद्यालयमा सहभागि भई विद्यालय परिवार प्रति कृतज्ञता व्यक्त गरे ।

यसका अलवा मदर टेरेसा सोसल सर्भिस क्लबले विभिन्न समयमा लेबर डोनेसन, शैक्षिक सामग्री र चिसोको मौसममा लत्ताकपडा संकलन गरि असाह्य र सिमान्तकृत समुदायलाई हस्तान्तरण गर्र्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS