काठमाडौं । मंसिर ४ गते काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलाउन नपाउने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यलयले यस्तो निर्णय गरेको हो ।
मंसिर ४ गते विहान ४ बजेदेखि मतदान कार्य सम्पन्न भएपश्चात बेलुकी ७ बजेसम्म सवारी साधन ठप्प रहनेछ । उक्त समयमा अत्यावश्यक सेवा अनुमति प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै सवारी आवगमनमा रोक लगाएको छ । नियम परिपालना नगरेको अवस्थामा कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यलय काठमाडौंले जनाएको छ ।