काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश प्रस्ताव गरेका छन्। यी दुवै बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् ।
इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश गरि कुल ७ दशमलव ८३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
यी दुई बैंक मर्जरको प्रक्रियामा रहेका छन् । इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रुपैयाँ रहेको छ ।
बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।