Connect IPS
IME Life

वार्षिकोत्सवको पुर्वसन्ध्यामा नेपाल बैंकको व्याडमिन्टन प्रतियोगिता सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेले व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ ।बैंकले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको हो । यस बैंक २०७९ कार्तिक ३० गते ८६औं बर्षमा प्रवेश गर्दैछ ।

सोहि अवसरमा आयोजित कर्मचारी मैत्रि व्याडमिन्टन प्रतियोगिता २०७९ कार्तिक २५ र २६ गते आयोजना भएको थियो । बैंकका अनुसार प्रतियोगितामा पुरुष सिंगल तर्फ विष्णुहरि न्यौपाने र महिला सिंगल तर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथमभएको छ ।

Prabhu
Crest

त्यस्तै, महिला डवल तर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका छन्। यस्तै, दोस्रो स्थानमा पुरुष सिंगल तर्फ ध्रुब दाहाल र महिला सिंगल तर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डवल तर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह रहेको बैंकले जनाएको छ।

कार्यक्रमको उद्घाटन नेपाल बैंकका संचालक समिति सदस्य विवेक राणाले गरेका थिए । कार्यक्रमको संयोजन एवम् व्यवस्थापन खेलकुद उपसमितिले गरेको थियो ।

हालसम्म बैंकले २२२ शाखाहरु, १९८ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक तथा उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा अझै उत्कृष्ट सेवा दिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS