काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । बैंकले रेष्टुरेण्ट, आयुर्वेद, श्रृङगार, स्वास्थ्य जस्ता क्षेत्रसँग समन्वयन गरि आफ्ना ग्राहकलाई छुट दिने व्यवस्था गरेको छ ।
बैंकले काठमाडौंभित्र रहेका विभिन्न संस्थाहरुसँग सम्झौता गरेसँगै बैंकको डेविट कार्ड तथा बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकले उक्त संस्थामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सम्झौता गरेकामध्ये, द हिमालयन ग्रील बाइ बाजेको सेकुवामा १५ प्रतिशत, कुण्डलीनि आयुर्वेदमा अधिकतम २० प्रतिशत सुवाकी ब्युटि सैलुन एण्ड इन्टरप्राइज प्राइभेटको सेवामा १० प्रतिशत, ओपुलेन्स एस्थेटिक प्रा.लि. मा १० प्रतिशत र क्रिष्टल डाइगोष्टिस प्र.लिमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।