Connect IPS
IME Life

पिपुल्स हाइड्रोपावरको आइपीओमा ५ लाखभन्दा बढीले दिए आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पिपुल्स हाइड्रोवापर कम्पनी लिमिटेडले सार्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा ५ लाखभन्दा बढीको आवेदन परेको छ । कम्पनीले यहि कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा विक्रि नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयर सहित प्रतिकित्ता १०० का दरले कुल ५१ लाख ५७ हजार ८८० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । जसमध्ये कात्तिक २७ गतेसम्ममा ५ लाख ६ हजार ६५३ जनाले ६२ लाख २४ हजार ४१० कित्ता शेयर खरिदका लागि आवेदन परेको कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक २५ देखि २९ गतेसम्मका लागि आइपीओ बिक्रि खुल्ला गरेको हो ।

Prabhu
Crest

कम्पनीले जारी गरेको ३ अर्ब २० करोड पूँजीमध्ये २५ प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता निष्काशन गरेको छ । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि, कुल निष्काशानको ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो । साथै कम्पनीले बाँकी रहेको ५१ लख ५७ हजार ८८० कित्ता शेयर भने सर्वसाधारणका लागि बिक्रि खुल्ला गरिएको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धक भने सानिमा क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS