काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक केही समय अघि मर्जरको प्रक्रियामा थिए तर मर्जर सफल हुन् सकेन । मर्जर भाडिए पछि दुवै बैंकले आफ्नो आफ्नो नयाँ पार्टनर खोजेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक मेगा बैंकसगँ मर्जर प्रक्रियामा छ भने हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रक्रियामा छ ।
दुवै वाणिज्य बैंकले आर्थिक वर्ष (२०७९/८० ) को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । दुई कम्पनीलाई शेयर पुँजी, संचित मुनाफा, जगेडा कोष, निक्षेप संकलन, कर्जा प्रवाह, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा जस्ता महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ ।
दुई वाणिज्य बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पूँजीको आधारमा :
हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रहेको छ । चुक्ता पुँजीको आधारमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ ।
संचित नाफाको आधारमा :
संचित नाफा हिमालयन बैंकको धेरै छ । नेपाल इन्भेष्टमेण्ट बैंकको संचित नाफा १ अर्ब ८० करोड हुँदा हिमालयन बैंकको २ अर्ब ४० करोड छ ।
जगेडा कोषको आधारमा :
जगेडा कोषमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ । नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा कोषमा १५ अर्ब ९ करोड रुपैयाँ संचित छ भने हिमालयन बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड रुपैयाँ संचित छ ।
निक्षेप र कर्जाको आधारमा :
हिमालयन बैंकले १ खर्ब ७० अर्ब निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंकले १ खर्ब ९२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ ।
खुद व्याज आम्दानीको आधारमा :
नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब १२ करोड खुद व्याज आम्दानी गर्दा हिमालयन बैंकले १ अर्ब ८० करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।
संचालन नाफाको आधारमा :
हिमालयन बैंकले चालु आवको प्रथम त्रैमाससम्म ७८ करोड संचालन नाफा गर्दा नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब ६२ करोड संचालन नाफा गरेको छ।
खुद नाफाको आधारमा :
हिमालयन बैंकले चालु आवको प्रथम त्रैमाससम्म ५३ करोड खुद नाफा गरेको छ भने नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको छ ।
प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा नेपाल इन्भेष्टमेण्ट बैंक अघि छ। नेपाल इन्भेष्टमेण्ट बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ९२ पैसा छ भने हिमालयन बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ ४२ पैसा छ ।
निस्क्रिय कर्जाको आधारमा :
नेपाल इन्भेष्टमेण्ट बैंकको निस्क्रिय कर्जा १ दशमलव ५७ प्रतिशत हुँदा हिमालयन बैंकको २ दशमलव ३१ प्रतिशत छ।
किताबी मूल्य :
हिमालयन बैंकको किताबी मूल्य १७५ रुपैयाँ २२ पैसा छ भने नेपाल इन्भेष्टमेण्ट बैंकको किताबी मूल्य १९२ रुपैयाँ ३२ पैसा छ ।