काठमाडौं । नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर सूचित भएको हो ।
अब कम्पनीको उक्त शेयर आइतवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्काशन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचिकृत गराएको हो ।