Connect IPS
IME Life

विभिन्न कार्यक्रम गरी मनायो समृद्धि फाइनान्सले २१औं वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले २१औं वार्षिकोत्सवको अवसरमा आफ्नो सबै शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गरि वार्षिकोत्सव मनाएको छ । २१औं वार्षिकोत्सवको अवसरमा समृद्धि फाइनान्स नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को मुख्य प्रायोजक भइ कार्तिक १९ गतेदेखि २१ गतेसम्म कार्यक्रम आयोजना गराएको थियो ।

कार्यक्रम कार्तिक २५ गते नेपाल हाउस रेष्टुरेण्टमा यस संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा आयोजना भएको हो । संस्थाले २१औं वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज खाता सार्वजनिक गरेको छ ।

Prabhu
Crest

यसैगरी १० वर्ष भन्दा पुरानो ४ जना कर्मचारीहरुलाई दिर्घसेवा पदक सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ । आफ्नो सबै शाखाहरुको कर्मचारीहरुलाई दिएको लक्ष्य पुरा गर्ने १३ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरेको छ साथै यस संस्थाका सबै शाखाको ऋणीहरु मध्ये १० जना उत्कृष्ठ ऋणीहरुलाई सबै शाखाहरुमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको जानकारी यस संस्थाका का.मु मुख्य व्यवसाय प्रवर्धन अधिकृत सुरज कुमार सर्राफले जानकरी गराए ।

२१औं वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज खातामा उत्कृष्ठ ४ वटा खाताहरु सार्वजनिक गरिएको थियो । लोभ लाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, ३ महिने मुद्घती निक्षेप्मा १३.२० प्रतिशत रहेको खाता , कल खातामा ४.५ प्रतिशत ब्याज रहेको खाता र समृद्घि डबल धमाका, तेब्बर धमाका , पाँच गुणा र आठ गुणाको मुद्घतीखाताहरु भएको लोभ लाग्दो ब्याज खाता योजना सार्वजनिक भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS