काठमाडौं । महालक्ष्मी विकास बैंकको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै २०७९ कार्तिक २५ गते शुक्रबार साँझ ६ बजेदेखि कार्तिक २६ गते शनिबार राति १२ बजेसम्म बैंकिङ सेवा अवरुद्ध हुने जनाएको छ ।
बैंकका बैंकको Data Center Colocation & Migration कार्य हुने भएकोले सो समय अवधिमा यस संस्थाका सम्पूर्ण सेवाहरु (Mobile Banking, ATM, ConnectIPS, RTGS and Holiday Counter) पूर्ण रुपले बन्द रहने जनाएको छ ।
थप जानकारीको लागि बैंकले फोन नम्बर ०१ ५३६८७१९ तथा मोवाइल नं ९८४७३८७५२४ मा सम्पर्क गरी जानकारी लिन सििकने जनाएको छ ।