Connect IPS
IME Life

विदेशी लगानी रहेका स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकलाई दाँजेर हेर्दा कुन देखियो तगडा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंक नेपालका दुई चर्चित र पुराना मध्येका वाणिज्य बैंक हुन् जसमा विदेशी लगानी पनि रहेको छ । चालु आर्थिक वर्ष (२०७९/८० ) को प्रथम त्रैमासको आधारमा दुई बैंकलाई शेयर पुँजी, संचित नाफा, जगेडा कोष, निक्षेप, कर्जा, खुद व्याज आम्दानी, संचालन मुनाफा, खुद नाफा, प्रति शेयर आम्दानी, किताबी मूल्य र खराब कर्जा जस्ता महत्वपूर्ण सूचकका आधारमा तुलनात्मक अध्ययन गरिएको छ । दुवै कम्पनीले गत आर्थिक वर्षको लागि लाभांश पनि प्रस्ताव गरेका छन् ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दा एभरेष्ट बैंकले १३ प्रतिशत बोनस शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल २० दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

दुई वाणिज्य बैंकलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड छ भने एभरेष्ट बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड रहेको छ । चुक्ता पुँजीको आधारमा दुवै बैंक समान छन्।

संचित नाफाको आधारमा :
संचित नाफा एभरेष्ट बैंकको धेरै छ । एभरेष्ट बैंकको संचित नाफा ४ अर्ब ७१ करोड हुँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ अर्ब छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा एभरेष्ट बैंक अघि छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको जगेडा कोषमा ६ अर्ब ५४ करोड रुपैयाँ संचित छ भने एभरेष्ट बैंकको जगेडा कोषमा ८ अर्ब ९९ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
एभरेष्ट बैंकले १ खर्ब ७३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब कर्जा प्रवाह गरेको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ खर्ब निक्षेप संकलन गरी ७९ अर्ब २१ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
एभरेष्ट बैंकले तीन महिनाको अवधिमा १ अर्ब ८८ करोड खुद व्याज आम्दानी गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४१ करोड खुद व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ ।

संचालन नाफाको आधारमा :
एभरेष्ट बैंकले चालु आवको प्रथम त्रैमाससम्म १ अर्ब २३ करोड संचालन नाफा गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १६ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
एभरेष्ट बैंकले चालु आवको प्रथम त्रैमाससम्म ८६ करोड खुद नाफा गरेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८१ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
वार्षिक प्रति शेयर आम्दानीको आधारमा एभरेष्ट बैंक अघि छ । एभरेष्ट बैंकको प्रति शेयर आम्दानी ३६ रुपैयाँ ५८ पैसा छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ४२ पैसा छ ।

निस्क्रिय कर्जाको आधारमा :
स्ट्याण्डर्ड चार्टर्ड बैंकको निस्क्रिय कर्जा शून्य दशमलव ७७ प्रतिशत हुँदा एभरेष्ट बैंकको शून्य दशमलव ३३ प्रतिशत छ।

किताबी मूल्य :
एभरेष्ट बैंकको किताबी मूल्य २४७ रुपैयाँ ८० पैसा छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको किताबी मूल्य २०१ रुपैयाँ ३२ पैसा छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS