IME Life
GBIME

आदर्श लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४७ दशमलव ८३ प्रतिशतले कमी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.६५ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ०.३४ प्रतिशत घटेको छ । सञ्चालन मुनाफा ४७ दशमलव ३४ प्रतिशत घटेको छ।

Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७ दशमलव ८६ प्रतिशतले बढेको छ । जगेडा कोष ७८ दशमलव ५० प्रतिशतले बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २ दशमलव २१ प्रतिशतले घटेको छ । निक्षेप २१ दशमलव ५५ प्रतिशत र कर्जा १२ दशमलव ४५ प्रतिशतले बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ। मूल्य आम्दानी अनुपात ४७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS