Connect IPS
IME Life

नेष्डो समृद्ध लघुवित्तको नाफा ११ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले ५ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ११ दशमलव ३० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले उक्त अवधिमा खुद ब्याज आम्दानी बापत ९ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले ८ करोड ९६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीले असोज मसान्तसम्म ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उक्त अवधिमा ४० करोड ८३ लाख रुपैयाँ सापटी लिएको छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ३५ पैसा रहेको छ । गत वर्षको तुलनामा कम्पनीको निष्क्रिय कर्जा घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS