Connect IPS
IME Life

राष्ट्रिय स्तरका विकास बैंक मध्ये विभिन्न सूचकमा कुन देखियो तगडा ? (इन्फोग्राफ सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल नेपालमा ८ राष्ट्रिय स्तरका विकास बैंक रहेका छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्।

यी ८ विकास बैंकले चालु आर्थिक वर्ष ( ७९/८० )को पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी सबै भन्दा धेरै छ। बैंकको ५ अर्ब ६५ करोड चुक्ता पुँजी छ । दोश्रोमा गरिमा विकास बैंकको ४ अर्ब ५९ करोड चुक्ता पुँजी हुँदा सांग्रिला डेभलपमेन्ट बैकको सबै भन्दा कम ३ अर्ब १ करोड रहेको छ ।

जगेडा कोषको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको जगेडामा सर्वाधिक २ अर्ब ७४ करोड रहेको छ। दोश्रोमा महालक्ष्मी विकास बैंकको जगेडामा २ अर्ब ४४ करोड हुँदा सबै भन्दा कम सांग्रिला डेभलपमेन्ट बैकको जगेडामा १ अर्ब २७ करोड संचित छ।

निक्षेप संकलनको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ खर्ब ५ अर्ब निक्षेप संकलन गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ६८ अर्ब ९६ करोड निक्षेप संकलन गर्दा सबै भन्दा कम लुम्बिनी विकास बैंकले ४३ अर्ब ४२ करोड निक्षेप संकलन गरेको छ।

कर्जा प्रवाहको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ८८ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ भने दोश्रोमा गरिमा विकास बैंकले ५९ अर्ब ८५ करोड कर्जा प्रवाह गर्दा सबै भन्दा कम महालक्ष्मी विकास बैंकले ३६ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ।

खुद व्याज आम्दानीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक १ अर्ब २ करोड खुद व्याज आम्दानी गर्दा दोश्रोमा गरिमा विकास बैंकले ७९ करोड ६२ लाख खुद व्याज आम्दानी गरेको छ । सबै भन्दा थोरै खुद व्याज आम्दानी लुम्बिनी विकास बैंकले ४५ करोड ५९ लाख गरेको छ।

खुद नाफाको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक ३० करोड ७४ लाख खुद नाफा गरेको छ भने दोश्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले  २० करोड ९१ लाख खुद नाफा गरेको छ। सबै भन्दा थोरै खुद नाफा कामना सेवा विकास बैंकले ४ करोड १५ लाख गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको प्रति शेयर आम्दानी सर्वाधिक २२ रुपैयाँ १२ पैसा हुँदा दोश्रोमा मुक्तिनाथ विकास बैंकको २१ रुपैयाँ ७४ पैसा हुँदा कामना सेवा विकास बैंकको सबै भन्दा कम ५ रुपैयाँ २९ पैसा छ।

किताबी मूल्यको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये लुम्बिनी विकास बैंकको किताबी मूल्य सर्वाधिक १७४ रुपैयाँ २ पैसा हुँदा दोश्रोमा महालक्ष्मी विकास बैंकको १६१ रुपैयाँ २ पैसा हुँदा ज्योति विकास बैंकको सबै भन्दा कम १३५ रुपैयाँ ८ पैसा छ।

खराब कर्जाको आधारमा :
राष्ट्रिय स्तरका ८ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबै भन्दा कम शुन्य दशमलव ७७ प्रतिशत हुँदा दोश्रोमा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १ दशमलव ०९ प्रतिशत हुँदा महालक्ष्मी विकास बैंकको खराब कर्जा सबै भन्दा धेरै ३ दशमलव ६२ प्रतिशत छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

6%

दु :खी

6%

अचम्मित

31%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS