काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा हिरा देबी विष्ट नियुक्त भएकी छिन् । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २२ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा विष्टलाई नियुक्त गरेको हो ।