काठमाडौं । भोलिदेखि लागु हुने बीमा प्राधिकरणको लोगो सार्वजनिक भएको छ । नयाँ लोगोमा बीमा समितिको ठाउँमा ‘नेपाल बीमा प्राधिकरण’ राखिएको छ । समितिको लेटरप्याड तथा लोगोका संकेतलाई यथावत राखिएको छ ।
आजसम्म कायम बीमा समितिले भोलिदेखि बीमा प्राधिकरण लेख्नेछ । नयाँ बीमा ऐन २०७९ मा बीमा समितिको नाम बीमा नेपाल बीमा प्राधिकरण हुने व्यवस्था सँगै नाम परिवर्तन भएको हो ।
नयाँ बीमा ऐन भोलि कार्तिक २२ गतेदेखि लागु हुँदैछ । नयाँ ऐन लागु भए सँगै बीमा क्षेत्रमा धेरै कुराहरु परिवर्तन हुनेछ । नाम सँगै नियमनका धेरै कुराहरु ऐनमै समेटिदैछ । समितिले हिजो सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षहरुलाई बोलाएर ऐनको विषयमा जानकारी दिदै कार्यान्वयन तर्फ ध्यान दिन निर्देशन दिइसकेको छ ।