काठमाडौं । सिद्धार्थ बैंकको ६ लाख ५९ हजार १७० कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी लिलामीमा आएको छ ।
बैंकले संजय कुमार शारदाको नाममा रहेको ४ लाख ९० हजार ६२७ र हाथवे इन्भेष्टमेण्ट नेपालको नाममा रहेको १ लाख ६८ हजार ५४३ कित्ता शेयर पहिलो चरणमा विद्यमान संस्थापकहरूमा विक्री खुला गरी वितरण हुन नसकेपछि दोस्रो चरणमा सर्वसाधारणमा विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक गैरसंस्थापक एवं संस्थापक शेयरधनीहरूले समेत आगामी सात दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा दिनुपर्नेछ ।