काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ७६ दशमलव ८४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ७३ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश गरि कुल ७६ दशमलव ८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभाश नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।