काठमाण्डाै । निक्षेप तथा कर्जा सुरक्षण काेषले १ अर्ब ४० कराेड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्नकाे लागी प्रस्ताव आह्वान गरेकाे छ । काेषले सार्वजनिक सूचना प्रकाशन गर्दै १ वर्ष अवधिकाे लागी मुद्दती निक्षेप स्वीकार्न क वर्गकाे वाणिज्य बैंकसँग प्रस्ताव आह्वान गरेकाे हाे ।
निष्कृय कर्जाकाे अनुपात ३ प्रतिशतभन्दा तल रहेकाे र खुद तरल सम्पत्ती स्वदेशी निक्षेपकाे कम्तीमा २० प्रतिशत रहेकाे र लगातार पाँच वर्षदेखि नाफामा रहेकाे वाणिज्य बैंकले मात्र प्रस्ताव पेश गर्न सक्ने काेषले जानकारी दिएकाे छ ।
न्यूनत्तम पाँच कराेड रूपैयाँ निक्षेप स्वीकार्ने गरी ब्याज दर सहित कात्तिक २६ गतेभित्र शिलबन्दी बाेलपत्र पेश गर्न काेषले आह्वान गरेकाे छ ।