Connect IPS
IME Life

बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले सूचना जारी गर्दै कार्तिक २५ गतेसम्म उक्त आइपीओ विक्री खुला रहनेछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । उक्त शेयर खरीदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा कम जोखिम अर्थात उच्च सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै,नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS