काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस अवधिसम्म ३ करोड १४ लाखभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको यस अवधिसम्म २६ लाख ५२ हजार खुद नाफामा रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ७४ करोड २१ लाखभन्दा बढी छ । शेयर प्रिमियममा २ करोडभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ ३६ करोड १७ लाखभन्दा बढी ऋणात्मक छ । कम्पनीको जगेडा कोषमा भने १८ करोड २६ लाखभन्दा बढी रकम कायम रहेको छ ।
यस त्रैमाससम्म कम्पनीले १ अर्ब ५१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब ६२ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत आवको तुलनामा निक्षेप संकलन ७ दशमलव ४७ प्रतिशत बढी र कर्जा प्रवाह ३ दशमलव ४४ प्रतिशत बढी भएको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ५७ पैसा रहेको छ ।