IME Life
GBIME

इष्टर्न हाइड्रोपावरको आइपीओ यहि साता बाँडफाँड हुने तयारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओ यहि साता बाँडफाँड हुने जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज मंगलबार प्रि अलोटमेन्टको काम सकाएर शुक्रबार भित्रै कम्पनीको शेयर बाँडफाँड गर्ने तयारी भएको जनाएको छ । कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

Crest

कम्पनीको आइपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको २५.२१ गुणा बढी हो ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS