काठमाडौं । भोलिदेखि नेपाल राज्य भरका सबै सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्रै खुला रहने भएका छन् । कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने व्यवस्था छ ।
हिउदमा दिन छोटो हुने भएकाले यस अवधिमा कार्यालय समय एक घण्टा घटाइएको हो । माघ १६ गतेदेखि पुनः कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुनेछ ।
यहि नियम बीमा समिति, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायमा पनि लागु हुनेछ । सामान्यतया बीमा कम्पनीहरुले पनि यहि नियमलाई पछ्याउदै आफ्नो वार्षिक क्यालेन्डरमा कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला राख्ने गरेको पाइन्छ ।