काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर आज कात्तिक १५ गतेदेखि विक्री खुला गरेको छ । कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० शेयर बराबर नयाँ तीन शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद शेयर खरीदका लागि मंसिर २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यस हकप्रद शेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।
खरीदकर्ताहरूले कम्पनीको एनआईसी एशिया बैंकमा रहेको खाता नम्वर ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता नम्वर ०३१००१२००१२११८०००००१ मा हकप्रद वापतको रकम जम्मा गरी आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।