काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार नेपालीको हालतमा अहिले ६ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँको नोट रहेको छ । जवकी भदौ मसान्तमा चलन चल्तीमा रहेको नोट ५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकले नयाँ नोट जारी गर्दा नेपाली सँग रहेको नोट बढेको हो । यही पैसा बैंक तथा वित्तीय संस्थादेखि नेपालीको गोजीसम्म छरिएको छ ।
राष्ट्र बैंक सँग नगद तथा नगद समानको सम्पत्ती ७ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । हाल नेपाल राष्ट्र बैंक सँग नेपाल सरकारको निक्षेप मात्रै एक खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ । यस्तो मौज्दात गत भदौ मसान्तमा २ खर्ब ६७ अर्ब रुपैयाँ थियो । त्यस्तै राष्ट्र बैंक सँग बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि २ अर्ब ९१ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंक सँग ८५ अर्ब ४ करोड रुपैयाँको सुन चाँदी रहेको छ ।