काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै सोमवार मूल्य समायोजन भएको हो ।
नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य १८४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले कम्पनीको शेयर मूल्य १७८ रुपैयाँ ०१ पैसा तोकेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर र ७ दशमलव ६३३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर ८ गते साधारण सभा बोलाएको छ । साधारण सभा काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ ।