Connect IPS
IME Life

इलेक्ट्रिक कारको आयात उकालो लाग्दा पेट्रोलबाट चल्ने कारको आयात ह्वात्तै घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिजुलीबाट चल्ने सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न सरकारले भन्सार राजश्वमा छुट दिएपछि यसको आयात क्रमशः बढ्दै गएको छ । मुलुकको विभिन्न स्थानमा बिजुलीबाट चल्ने कार,जीप, भ्यानको ब्याट्री चार्ज गर्न मिल्ने चार्जिङ स्टेशनको सुविधासँगै लोकप्रिय ब्राण्डले समेत विद्युतीय कारको बिक्रीमा जोड दिन थालेपछि यसको बजार क्रमशः उकालो लागेको हो ।

स्वदेशी बजारमा अहिले प्रायः सबै जसो लोकप्रिय ब्राण्डको विद्युतीय कार,जीप,भ्यानहरु उपलब्ध छ । महिन्द्रा, किया, टाटा, एमजी र ह्युण्डाई, बिवाइडी ब्राण्डको विद्युतीय कार नेपालमा मन पराइएका विद्युतीय कारको ब्राण्ड हुन् ।

Prabhu
Crest

सवारी साधन आयात हुने मुख्य भन्सार नाका वीरगंज भन्सार हुँदै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको आयात १७६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी विद्युतीय मोटरसाइकलको आयात १३१ प्रतिशतले उकालो चढेको छ ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आ।व।मा असोज मसान्तसम्ममा ४६ करोड ५४ लाख रुपैयाँ मूल्य बराबरको १२४ थान विद्युतीय कार,जीप, भ्यान भित्रिएको छ । आ.व. २०७८/७९ को असोजसम्ममा १६ करोड ५३ लाख रुपैयाँ मूल्यको ४५ थान विद्युतीय कार, जीप भ्यान आयात भएको थियो । तीन महिनाको अवधिमा चालू आ।व।मा त्यसैगरी ४ करोड ८३ लाख रुपैयाँ मूल्य बराबरको ४११ थान विद्युतीय मोटरसाइकल आयात भएको छ । गत आ।व।को सोही अवधिमा २ करोड २ लाख रुपैयाँको जम्मा १७८ थान विद्युतीय मोटरसाइकल यो नाकाबाट भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकले व्यापार घाटा नियन्त्रण गर्ने उद्देश्यले पेट्रोलियम इन्धनबाट चल्ने चारपाङग्रे सवारी साधनको आयातमा नियन्त्रण गरेपछि विद्युतीय कारको आयात र बिक्री दुबै बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

77%

खुसी

0%

दु :खी

8%

अचम्मित

15%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS