कठमाडौं । सोल्टी होटल लिमिटेड कम्पनीको ४८ औं बार्षिक साधारणसभा डाकेको छ । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले पुष २८ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त साधारणसभा पुष २८ गते विहिवार, विहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय कमलादीमा हुने कम्पनीले जनाएको छ ।
कम्पनीको ४८ औं बार्षिक साधारण सभाको प्रयोजनका लागि कम्पनीको शेयर लगत दर्ता किताव भने पुष ७ गतेदेखि २८ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ ।