काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। समिक्षा अवधिमा बैंकको खुद नाफा ५६ दशमलव ४६ प्रतिशत बढेको छ । कम्पनीले यस अवधिमा नाफा ३७ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा टेवा पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८ दशमलव ६१ प्रतिशतले बढेको छ । कुल सञ्चालन आम्दानी ५९ दशमलव ४२ प्रतिशत र सञ्चालन मुनाफा ५६ दशमलव ४६ प्रतिशतले बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा रकम २० दशमलव ११ प्रतिशतले घटेको छ।
बैंकको निक्षेप ३२.६९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ भने कजाृ लगानी २६१ दशमलव ६३ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ।