काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश बितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनश शेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश गरि कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड रहेको छ ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।