Connect IPS
IME Life

आज काग तिहार, किन गरिन्छ पूजा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिन्दुहरुको महान पर्व शुभ दिपावली अर्थात यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरेर मनाइदैछ । यमराजको दूतको रुपमा हेरिने कागलाई आजको दिन पूजा गर्ने र मिठो मिठो खाने कुरा दिएर पूजा गर्ने चलन रहेको छ ।

कागलाई यमराजको प्रिय भक्तको रुपमा लिइन्छ । साथै कागलाई अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । यमपञ्चकको पहिलो दिन कागलाई पूजा गरेमा कागले वर्षभरी आफ्नो घरमा अशुभ समाचार लिएर नआउने जनविश्वास रहेको छ । यसर्थ पनि आजको दिन मानिसहरु विहानैदेखि कागको पूजा गर्छन् । नेपाली समाजमा घर वरिपरि काग आएर कराएमा कागले केहि समाचार लिएर आएको भन्ने सोच राख्दछन् । कागको आवाज अनुसार शुभ अशुभ अथवा पाहुन आएको संकेतको रुपमा लिने गरिन्छ । यसरी कागप्रति हेरिने दृष्टिकोणकै कारण आजको दिन कागको पुजा गरिन्छ ।

Prabhu
Crest

हिन्दुधर्म अनुसार यमलोकको अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको मृत्युको विवरण राख्छन् । उक्त विवरण पृथ्वीलोकमा पुर्याउनका लागि दूतको रुपमा कागले काम गर्ने धार्मिक मान्यता रहेको छ । तसर्थ काग तिहारको दिन कागलाई मिठो मिठो खाने कुरा दिएमा सो घरमा वर्षभरी अशुभ समाचार लिएर जाँदैन भन्ने मान्यता रहिआएको छ ।

आजको दिन कागको लागि दुना टपरीमा विभिन्न खानेकुरा राखेर घर वरिपरि राखिन्छ । साथै कागलाई बोलाएर पनि खुवाइन्छ । काग तिहारको दिन कागको पूजा नगरेमा पाप भोग्नुपर्ने समेत मान्यता रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS