काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले बोर्डमा असोज ३० गते निवेदन दिएको हो ।
कम्पनीले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।