काठमाडौं । एनएमबी बैंकले युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनबाट एक सय मिलियन अमेरिकी डलर कर्जा ल्याउने भएको छ । बैंकले डिएफसीबाट १३ अर्ब ३० करोड रुपैयाँ कर्जाको रुपमा भित्र्याउनेछ ।
डिएफसीले बैंकलाई उक्त कर्जा स्वीकृत गरिसकेको छ । बैंकले साना तथा मझौला ऋणीहरुलाई कर्जा प्रवाह गर्नेछ । बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता अभावको समयमा एनएमबीले यति धेरै रकम भित्र्याउन लागेको हो ।
एनएमबीले यस भन्दा अगाडी दुई सय मिलियन डलर कर्जा भित्र्याइसकेको छ । यो सहित एनएमबी बैंकको वैदेशिक कर्जा ३०१ मिलियन डलर पुगेको छ । यसको नेपाली रुपैयाँ चार अर्ब रुपैयाँ हुनेछ ।