काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ताबिना संचालन भएका व्यवसाय तत्काल दर्ता गर्न ३० दिने अल्टिमेटम दिएको छ । महानगर क्षेत्रभित्र दर्ता नगरी व्यवसाय गर्दै आएको पाइएकोले ३० दिनभित्र व्यवसाय दर्ता नगरेमा कर असुलि गर्ने महानगरले जनाएको छ ।
सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसाय समेतले महानगरभित्र तर्दा नगरी व्यवसाय गर्दै आएको पाइएको महानगरले जनाएको छ , उक्त व्यवसायीहरुले ३० दिनभित्र नजिकैको वडामा गई व्यवसाय दर्ता गर्न महानगरले जनाएको छ । उक्त समयभित्र दर्ता नगरेको खण्डमा महानगरको आर्थिक ऐन २०७९ को अनुसूची ७ को बँुदा नं ३ बमोजिम आर्थिक वर्ष २०७२÷०७३ लाई आधार वर्षका रुपमा लिई व्यवसाय कर असुली गरिने महानगरले जनाएको छ ।