काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न असोज २७ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले आगमी १० वर्ष सम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।