Connect IPS
IME Life

भिभोको भी २५ सिरिज सार्वजनिक यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भिभोले भी २५ सिरिज सार्वजनिक गरेको छ । जसमा कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको छ भने यसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्दछ । एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर, भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषित गर्दै नयाँ सिरिज सार्वजनिक गरेको छ ।

भिभो भी २५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ । साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजी ग्लास पनि प्रदान गर्दछ जुन फिंगरप्रिन्ट प्रतिरोधी छ र मिनिमलिस्टिक, परिष्कृत एवं स्टाइलिश लुकको साथ स्थिरता सुनिश्चित गर्दछ । कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई समाउन र बोक्न सजिलो बनाउँदछ ।

Prabhu
Crest

नयाँ भी २५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । भी २५ फाइभजी र भी २५ ई मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडी फोटाहरू र भिडियोहरू खिच्दछ । पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ र प्रयोगकर्ताहरूलाई जीवन्त विवरणहरू सहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिन्छ । भी २५ सिरिजमा बोकेह फ्लेयर पोट्र्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी शुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ । त्यस्तै भी २५ फाइभजी मा ५० एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ । भी २५ई मा ३२ एमपी एफएफ फ्रन्ट क्यामेरा प्रदान गर्दछ जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउँनका लागि भिभो भी २५ सिरिजमा उन्नत भिडियो–सम्पादन सफ्टवेयर रहेको छ ।

भिभो भी २५ सिरिजमा ४४ वाट फ्ल्यास चार्ज छ जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै ४५०० एमएएच को विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ । भी २५ सिरिजको उच्च कार्यसम्पादनको बारेमा कुरा गर्दा, दुबै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्– भी२५ फाइभजी मा मिडियाटेक डाइमेन्सटी ९०० प्रोसेसर छ र भी२५ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ । साथै स्मुद पर्फमेन्शका लागि दुवै स्मार्टफोनमा एक्सटेन्डेड र्याम ३.० रहेको छ जसले यी स्मार्टफोन दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट बनाउँछ ।

भिभोका स्मार्टफोनहरू भव्य डिजाइन, उत्कृष्ट कार्यसम्पादनमा पाउँन सकिन्छ । यसले बजारमा आफ्नो अलग पहिचान बनाएको छ र नयाँ भिभो भी २५ सिरिजले उपभोक्ताहरूलाई उद्योगकै सर्वोत्कृष्ट प्रविधि र डिजाइन उपलब्ध गराउँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS