काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ५ अर्ब २० करोड, ५ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः कात्तिक २९ गते, माघ ३ गते, २०८० वैशाख ५ गते र असोज ३० गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।