काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।
कार्यालयसम्म प्राप्त भएका बोलपत्र कात्तिक १ गते मंगलवार ११ बजे प्रभु क्यापिटल कमलादीमा खोलिने छ ।