Connect IPS
IME Life

एशियन लाईफको समेत लगानी रहेकाे माबिलुङ इनर्जीमा रु ६५‍ करोड कर्जाकाे लागी रेटिङ

SPIL
फाइल तस्वीर
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सको समेत लगानी रहेकाे माबिलुङ इनर्जी लिमिटेडले ६५ करोड ५९ लाख रुपैयाँ बैंक कर्जाको लागी वित्तीय जोखिम मूल्यांकन गराएको छ । सखुवासभामा निर्माणाधीन माथिल्लो पिलुवा खोला ३ जलविद्युत परियोजनाको लागी कम्पनीले क्रेडिट रेटिङ गराएकोमा दीर्घकालीन कर्जाको लागी एलबी प्लस पाएको छ । कूल कर्जा सीमाभित्रको अल्पकालीन कर्जाको लागी एफोर क्रेडिट रेटिङ पाएको छ ।

Prabhu
Crest

माबिलुङ इनर्जी लिमिटेडलाई एशियन लाईफसहित मुख्य तीन संस्थागत लगानीकर्ताद्वारा प्रवर्द्धन गरिएको छ। यसमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १९ प्रतिशत र ट्रष्ट एनर्जी प्रा‍लिको १० प्रतिशत लगानी छ । यसबाहेक बाँकी छ जनाको समूहको लगानी संयुक्तरूपमा ३९ प्रतिशत छ ।

श्राेतः इक्रा नेपाल

आयाेजनाकाे सबल पक्षः

आयोजनाको ऊर्जा जलविद्युत उत्पादन गृह ( पावरहाउस) बाट विद्युत प्राधिकरणको वितरण प्रणालीमा जोड्ने योजना रहेको छ । संखुवासभा जिल्लाको बानेश्वर सबस्टेसन (कोशी करिडोरको भाग) १४ किलोमिटर लामो ३३ केभी सिंगल सर्किटबाट प्रसारण लाइनमा जोड्ने योजना छ । विद्युत निकासीका लागि प्रस्तावित जडान बिन्दु अर्थात् बानेश्वर सबस्टेसनलगायत अन्य सम्बन्धित सबस्टेसनहरू र प्रसारण लाइनहरू पहिले नै सञ्चालनमा छन्। त्यसैले आयोजनाबाट उत्पादित जलविद्युत निकासी नभएर खेर जाने जोखिम न्यून छ ।

विद्युत प्राधिकरणसँग ३० वर्ष अवधिको लागी ४.९५ मेगावाट क्षमताको किन वा पैसा तिर भन्ने शर्त अन्तर्गत विद्युत बिक्री सम्झौता भएकाले यो जलविद्युत परियोजनाको बिक्री महशुल दर र खेर जाने जोखिम समेत न्यून छ । यो परियोजनाको लागी हिउँद मौसम (मध्य अप्रिलदेखि मध्य डिसेम्बरसम्म) को लागि प्रतिकिलोवाट आवर ४ रुपैयाँ ८० पैसा र सुख्खा मौसमको लागी प्रति किलोवाट ८ रुपैयाँ ४० पैसाको बिक्री दर तय गरिएको छ। त्यसबाहेक व्यवसायीक उत्पादन शुरु भएको १ वर्षपछि आठ वर्षसम्म बिक्री दरमा वार्षिक ३ प्रतिशतको दरले वृद्धि गर्नुपर्ने शर्त रहेको छ ।

आयाेजनाकाे कमजाेर पक्षः

४.९५ मेगावाटको आयोजना जुन २०२२ सम्मको प्रगति भौतिक ३५ देखि ४० प्रतिशत सम्म रहेकाले अहिले निर्माणको मध्य चरणमा छ । यसका प्रवर्द्धकहरूको लागी ४.९५ मेगावाट क्षमताको आयोजना निर्माणको पूर्व अनुभव नभएकाले जोखिमको संभावनालाई बढाउने रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ । यसबाहेक प्राकृतिक वा अन्य कुनै कारणले जलविद्युत परियोजना विकासमा कुनै पनि अप्रत्याशित ढिलाइ हुन गएर लागत बढ्न सक्छ ।

विद्युत खरिद सम्झौताको विद्युत उत्पादन खण्डमा प्रतिकूल नदी प्रवाहका कारण जलविद्युत परियोजनामा कुनै क्षति पुर्याएको अवस्थामा प्राधिकरणबाट क्षतिपूर्ती प्राप्त गर्ने कुनै प्रावधान समेटिएको छैन । माथिल्लो पिलुवा खोला ३ जलविद्युत आयोजनाले आफ्नो जलविद्युत उत्पादनकाे लागी आवश्यक पानी पिलुवा नदी (८२ प्रतिशत जल) र सिखुवा नदी (१८ प्रतिशत जल) बाट प्राप्त गर्छ। यी दुबै श्राेतहरु बाँध रहित र वर्षामा आधारित नदीहरू हुन्। त्यस क्षेत्रमा पर्यावरणीय विपत्तीका कारण प्रतिकूल अवस्था उत्पन्न भएमा विद्युत उत्पादन र समग्र वित्तीय हिसाबकिताबमा उल्लेखनीय प्रभाव पार्नेछ।

३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने याेजना

यो परियोजना कर्जा र पूँजी ७०ः३० अनुपातमा ९३ करोड ७० लाख रुपैयाँको कुल लागतमा सम्पन्न गर्ने पूर्वानुमान गरिएको छ। कुल पूँजी २८ करोड १० लाख रूपैयाँमध्ये, ७० प्रतिशत संस्थापक लगानीकर्ताबाट र बाँकी ३० प्रतिशत सर्वसाधारणमा शेयर जारी गरेर सङ्कलन गर्ने योजना छ।

संस्थापकबाट मध्य जुलाई २०२२ सम्म(असार २०७९ सम्म) १५ करोड ५० लाख रूपैयाँ शेयर लगानी भइसकेको छ । कम्पनीले भौतिक संरचना निर्माणको ५० प्रतिशत सम्पन्न भइसकेपछि प्राथमिक शेयर निष्काशन गर्न योजना बनाएको छ। बजेटको लागत अनुसार परियोजनाको लागि सम्पूर्ण ऋण सम्झौता पहिले नै गरिएको भएपनि बैंकिङ क्षेत्रमा विद्यमान कर्जा सङ्कटको विषय पनि अनुगमनयोग्य रहने इक्रा नेपालले उल्लेख गरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS