IME Life
GBIME

साञ्जेन जलविद्युतको आइपीओ आजसम्म भर्न पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । स्थानीय बासिन्दाले आज असोज ३० गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन् । यसअघि पनि कम्पनीले असोज ४ गतेसम्मका लागि समय थप गरेको थियो । यस अवधिमा सबै कित्ता शेयर विक्री नभएपछि कम्पनीले पुनः समय थप गरेर आज अन्तिम दिन बनाएको हो ।

कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

Crest

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाछादिङमो गाउँपालिका ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ । यस्तै सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । यसमा सी-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS