IME Life
GBIME

एनआईसी एशिया क्यापिटलका तीन योजनाको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुले लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय गरेका छन् ।

क्यापिटलले संचालन गरेको खुल्लामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले इकाईधनीहरुलाई ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। फण्डले लाभांश वितरणको लागि कार्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्र फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

Crest

त्यस्तै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित वन्दमुखी योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १३ प्रतिशत (कर सहित) का दरले लाभांश प्रदान गर्ने भएका छन् । फण्डहरुले लाभांश वितरणको लागि कार्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्र फण्डले दिने लाभांश पाउन सक्ने छन् ।

एनआई एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । ब्यालेन्स फण्डले पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो । त्यस्तै एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले पहिलो वर्ष १० प्रतिशत प्रतिफल वितरण गरेको थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS